News
मदन मेलाः ताप्लेजुङलाई महिला फुटबलको उपाधि

संक्रान्ति बजार (तेह्रथुम) । स्थानीय त्रिमोहन माविको खेल मैदानमा आयोजित ऐतिहासिक मदन मेला २०८१ को महिलातर्फको फुटबल प्रतियोगिताको उपाधि ताप्लेजुङ जिल्ला फुटबल संघले उचालेको छ ।
फाइनल खेलमा मुनाल एफसी जलजलेको बी टिमलाई १-० गोलले पराजित गर्दै ताप्लेजुङ च्याम्पियन बनेको हो । ताप्लेजुङलाई च्याम्पियन बनाउन प्रतिक्षा राईको गोल नै निर्णायक बन्यो ।
उनी खेलको बेस्ट प्लेयर पनि घोषित भइन् । यस्तै, हाइ स्कोरर ताप्लेजुङकी समिक्षा राई र मुनालकी आशिका कार्की भइन् । उनीहरुले समान २२ गोल गरेका थिए ।
यसैगरी, बेस्ट गोलकिपर ताप्लेजुङकी सरला राई र ताप्लेजुङकै जेनिफर मगर बेस्ट फरवार्ड हुँदा मुनालकी कप्तान सेमीहाङ्मा लिम्बू बेस्ट डिफेन्स भइन् । विजेता ताप्लेजुङको टोलीले नगद ८० हजार र रनिङ शिल्ड प्राप्त गर्यो ।
Post Comments
Related News
- विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ सेमिफाइनलमा
- मकवानपुर महिला गोल्डकपको सर्वश्रेष्ठ खेलाडीले पाउने पुरस्कार प्रायोजन पूर्व राज्यमन्त्री बानियाँले गर्ने
- बागमती प्रदेश मुख्यमन्त्री कप महिला फुटबल प्रतियोगिता हुँदै
- अन्जनाको नयाँ गन्तव्य एपिएफ
- सातौं मेयर कप महिला फुटबल प्रतियोगिता आजदेखि (खेलतालिकासहित)