काठमाडौं । शहिद स्मारक सी डिभिजन लिगतर्फ ११औं चरणको खेलहरु जारी रहँदा स्वयम्भु क्लब र सामाजिक युवा क्लबले महत्वपूर्ण जित हात पारेका छन् ।
एन्फा कम्प्लेक्समा भएको पहिलो खेलमा स्वयम्भुले महाबिर क्लबमाथि ४–१ को जित निकाल्यो । स्वयम्भुका लागि रन्जन पुनले दुई गोल गर्दा राजीव श्रीस र मुन्ना थारुले एक–एक गोल गरे । उता पराजित महाबिरका लागि सन्दिप श्रेष्ठले एक मात्र गोल फर्काए ।
यो जितपछि ११ खेलबाट १० अंक जोडेको स्वयम्भु लिगतालिकाको दशौं स्थानमा उक्लिएको छ । उता पराजित महाबिर भने समान १० अंक भए तापनि गोलभिन्नताले पछि पर्दै लिगतालिकाको ११औं स्थानमा खस्केको छ ।
त्यस्तै मंगलबार नै भएको दोस्रो खेलमा सामाजिकले समाज कल्याण खेलकुद केन्द्रमाथि २–१ को जित दर्ता गर्यो । सामाजिकका लागि युगेश श्रेष्ठ र बसन्त रानाले गोलगरे । समाज कल्याणका लागि भने सन्तोष श्रेष्ठले एक मात्र गोल फर्काए ।
यो जितपछि ११ खेलबाट १६ अंक जोडेको सामाजिक लिगतालिकाको पाँचौं स्थानमा छ । उता हारका बावजुद समाज कल्याण भने ुसमान १६ अंकका साथ लिगतालिकाको चौथो स्थानमा छ ।
- आशिष राईको उपचारबारे एन्फा भन्छ, “पूर्ण जिम्मेवार छौं”
- रोदनसहित राष्ट्रिय खेलाडी आशिष राईको सहयोग अपिल
- एन्फामा खेलाडी कै नेतृत्व प्राथमिकतामा, राजनैतिक भर्ती केन्द्र बन्न नदिनेः खेलकुद मन्त्री पोखरेल
- एन्फाका पूर्व अध्यक्ष शेर्पा हाजिरी जमानीमा रिहा
- नेपालले महत्वपूर्ण अन्तर्राष्ट्रिय प्रतियोगिता गुमाउन सक्ने (पत्रसहित)