News स्वयम्भु र सामाजिकको महत्वपूर्ण जित
गोलनेपाल

काठमाडौं । शहिद स्मारक सी डिभिजन लिगतर्फ ११औं चरणको खेलहरु जारी रहँदा स्वयम्भु क्लब र सामाजिक युवा क्लबले महत्वपूर्ण जित हात पारेका छन् ।

एन्फा कम्प्लेक्समा भएको पहिलो खेलमा स्वयम्भुले महाबिर क्लबमाथि ४–१ को जित निकाल्यो । स्वयम्भुका लागि रन्जन पुनले दुई गोल गर्दा राजीव श्रीस र मुन्ना थारुले एक–एक गोल गरे । उता पराजित महाबिरका लागि सन्दिप श्रेष्ठले एक मात्र गोल फर्काए ।

यो जितपछि ११ खेलबाट १० अंक जोडेको स्वयम्भु लिगतालिकाको दशौं स्थानमा उक्लिएको छ । उता पराजित महाबिर भने समान १० अंक भए तापनि गोलभिन्नताले पछि पर्दै लिगतालिकाको ११औं स्थानमा खस्केको छ ।

त्यस्तै मंगलबार नै भएको दोस्रो खेलमा सामाजिकले समाज कल्याण खेलकुद केन्द्रमाथि २–१ को जित दर्ता गर्यो । सामाजिकका लागि युगेश श्रेष्ठ र बसन्त रानाले गोलगरे । समाज कल्याणका लागि भने सन्तोष श्रेष्ठले एक मात्र गोल फर्काए ।

यो जितपछि ११ खेलबाट १६ अंक जोडेको सामाजिक लिगतालिकाको पाँचौं स्थानमा छ । उता हारका बावजुद समाज कल्याण भने ुसमान १६ अंकका साथ लिगतालिकाको चौथो स्थानमा छ ।

Post Comments