News
ताप्लेजुङ जिल्ला ए डिभिजन लिग शुरु, प्रगतिशील र लालिमाको विजयी शुरुवात
फुङलिङ । ताप्लेजुङ जिल्ला फुटबल संघको आयोजनामा शुरु भएको ताप्लेजुङ जिल्ला ए डिभिजन लिगतर्फ प्रगतिशील युवा क्लब र लालिमा क्लबले आ–आफ्नो खेलहरुमा जित हात पार्दै विजयी शुरुवात गरेका छन् ।
दिनको पहिलो खेलमा प्रगतिशीलले जलजले क्लबलाई १ का विरुद्ध ३ गोलले हरायो । खेलमा प्रगतिशीलका दिपेश लिम्बु म्यान अफ द म्याच चुनिए ।
दोस्रो खेलमा लालिमाले चागे माछापोखरी हिटी क्लबलाई शून्यका विरुद्ध २ गोलले निराश बनायो । खेलमा लालिमाका सन्तराज लिम्बु म्यान अफ द म्याच घोषित भए ।
त्यसअघि प्रतियोगिताको उद्घाटन एक कार्यक्रमकाबीच प्रमुख अतिथी आठराई त्रिवेणी गाउँपालिकाका अध्यक्ष दिपेन पोमु, ताप्लेजुङ जिल्ला फुटबल संघका अध्यक्ष अशोक चेम्जोङ लगायतले गरेका थिए ।
Post Comments
Related News
- तेह्रथुमको म्याङ्लुङलाई ताप्लेजुङको साँघुमा सम्पन्न विशेष महाशिवरात्री फुटबल प्रतियोगिताको उपाधी
- ताप्लेजुङको साँघुमा जारी विशेष महाशिवरात्री फुटबल प्रतियोगिताको उपाधी समीकरण पुरा
- शानदार जितसहित धनकुटा र संखुवासभा ताप्लेजुङमा जारी विशेष महाशिवरात्री कपको अन्तिम चारमा
- आयोजक जलजलेलाई घरेलु मैदानमा स्तब्ध पार्दै म्याङ्लुङ स्पोर्टिङ सेमिफाइनल प्रवेश
- ताप्लेजुङको नाल्बुमा सम्पन्न वडा स्तरीय पुरूष फुटबलको उपाधि सॅाघु र महिला तर्फ सॅावालाई