News
सिताराम मन्दिरलाई ब्रदर्श कपको उपाधी
रेसुङा । प्रथम ब्रदर्श कप खुला नकआउट फुटबल प्रतियोगिताको उपाधी सिताराम मन्दिरले जितेको छ ।
फाइनलमा कोबरा ग्रुपलाई पेनाल्टी शुटआउटमा हराउँदै सिताराम च्याम्पियन बनेको हो । त्यसअघि निर्धारित समयको खेल दुवै टोलीले २-२ गोलको रोमाञ्चक बराबरी खेलेका थिए ।
पेनाल्टी शुटआउटमा भने सितारामले ७-६ को जित निकाल्दै उपाधिमाथी कब्जा जमाउन सफल भयो ।
विजेता बानेको सिताराम मन्दिरले उपाधी सहित नगद २,०२२०२ रुपैयाँ हात पार्यो भने उपविजेता कोबराले १,०११०१ रुपैयाँमा चित्त बुझाउन बाध्य बन्यो ।
श्री ब्रदर्श युथ सोसाइटी, रेसुङा, गुल्मीको आयोजनामा सम्पन्न भएको प्रतियोगितामाअ कुल १० टोलीहरुले सहभागिता जनाएका थिए ।
Post Comments
Related News
- आशिष राईको उपचारबारे एन्फा भन्छ, “पूर्ण जिम्मेवार छौं”
- रोदनसहित राष्ट्रिय खेलाडी आशिष राईको सहयोग अपिल
- एन्फामा खेलाडी कै नेतृत्व प्राथमिकतामा, राजनैतिक भर्ती केन्द्र बन्न नदिनेः खेलकुद मन्त्री पोखरेल
- एन्फाका पूर्व अध्यक्ष शेर्पा हाजिरी जमानीमा रिहा
- नेपालले महत्वपूर्ण अन्तर्राष्ट्रिय प्रतियोगिता गुमाउन सक्ने (पत्रसहित)