काठमाडौं । शहिद स्मारक सी डिभिजन लिगतर्फ बुधबार खालीबारी युवा फुटबल क्लब र बी डिभिजनमा बढुवा भईसकेको बागमती युवा क्लबले जित हात पारेका छन् ।
एन्फा कम्प्लेक्समा भएको दिनको पहिलो खेलमा खालीबारीले मनोहरा युनाइटेडलाई शून्यका विरुद्ध १ गोलको झिनो अन्तरले हरायो । खालीबारीको जितमा मनिष गुरुङ्गले एक मात्र निर्णायक गोल गरे ।
यो जितपछि १२ खेलबाट १७ अंक जोडेको खालीबारी लिगतालिकाको चौथो स्थानमा उक्लेको छ । पराजित मनोहरा भने १५ अंकका साथ आठौं स्थानमा छ ।
त्यस्तै दोस्रो खेलमा बागमतीले गोलबजार स्पोर्टस क्लबमाथि ४–१ को सहज जित हात पार्यो । बागमतीका लागि अनिल रानाले दुई गोल गरे भने सिर्जनराज गौतम राज भुषालले एक–एक गोल गरे । पराजित गोलबजारका लागि भने बिनु आले मगरले एक मात्र गोल फर्काए ।
यो जितपछि १२ खेलबाट २९ अंक जोडेको बागमती शिर्ष स्थानमा छ । पराजित गोलबजार भने सात अंकका साथ पुछार मै छ ।
- आशिष राईको उपचारबारे एन्फा भन्छ, “पूर्ण जिम्मेवार छौं”
- रोदनसहित राष्ट्रिय खेलाडी आशिष राईको सहयोग अपिल
- एन्फामा खेलाडी कै नेतृत्व प्राथमिकतामा, राजनैतिक भर्ती केन्द्र बन्न नदिनेः खेलकुद मन्त्री पोखरेल
- एन्फाका पूर्व अध्यक्ष शेर्पा हाजिरी जमानीमा रिहा
- नेपालले महत्वपूर्ण अन्तर्राष्ट्रिय प्रतियोगिता गुमाउन सक्ने (पत्रसहित)