News
आरसी३२ का रोहन बने सर्वोत्कृष्ट
काठमाडौ । बुधबार सम्पन्न भएको सहिद स्मारक सी डिभिजन लिगमा आरसी३२ फुटबल ऎकेडेमीका रोहन कार्की मोस्ट भ्यालुएबल प्लेयर चुनिएका छन । त्यसवापत उनले नगद ५० हजार र ट्रफी हात पारे ।
त्यस्तै अन्य विधातर्फ लिग विजेता बागमती युवा क्लबका अनिष महतो उत्कृष्ट गोलरक्षक चुनिए भने सोसल वेलफेयर स्पोर्ट्स सेन्टर क्लबका रोशन क्षेत्रीले सर्वाधिक गोलकर्ताको पुरस्कार हात पारे । दुवैले नगद ३५/३५ हजार र ट्रफी हात पारे ।
सामाजिक युथ क्लब फेयर प्ले टिम बन्यो । त्यसवापत क्लबले नगद ५० हजार प्राप्त गर्यो । लिग विजेता बागमतीले १० हात पार्दा दोस्रो स्थान हासिल गरेको आरसी३२ ले ७ लाख प्राप्त गर्यो । त्यसैगरी तेस्रो स्थान हासिल गरेको पुल्चोक स्पोर्ट्स क्लबले नगद ५ लाख हात पार्यो ।
Post Comments
Related News
- आशिष राईको उपचारबारे एन्फा भन्छ, “पूर्ण जिम्मेवार छौं”
- रोदनसहित राष्ट्रिय खेलाडी आशिष राईको सहयोग अपिल
- एन्फामा खेलाडी कै नेतृत्व प्राथमिकतामा, राजनैतिक भर्ती केन्द्र बन्न नदिनेः खेलकुद मन्त्री पोखरेल
- एन्फाका पूर्व अध्यक्ष शेर्पा हाजिरी जमानीमा रिहा
- नेपालले महत्वपूर्ण अन्तर्राष्ट्रिय प्रतियोगिता गुमाउन सक्ने (पत्रसहित)