News
स्वदेश फर्कियो टिम नेपाल
काठमाडौ । फिफा विश्वकप छनौट अन्तर्गत युएई र यमनसँगको अन्तिम दुई खेल खेलेर नेपाली राष्ट्रिय फुटबल टोली बिहीबार स्वदेश फर्किएको छ ।
नेपाली टोलीलाई त्रिभुवन विमानस्थलमा अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष दिपक खतिवडा, प्रवक्ता सुरेश साह लगायतले स्वागत गरेका थिए ।
स्मरणीय छ, साउदी अरेबियाको दमाम शहरमा सम्पन्न भएको छ्नौट प्रतियोगिता अन्तर्गतको ६ जुनका दिन भएको पहिलो खेलमा नेपालले युएईसँग ४-० को हार बेहोरेको थियो भने ११ जुनका दिन भएको दोस्रो खेलमा यमनसँग २-२ गोलको बराबरी खेलेको थियो ।
Post Comments
Related News
- आशिष राईको उपचारबारे एन्फा भन्छ, “पूर्ण जिम्मेवार छौं”
- रोदनसहित राष्ट्रिय खेलाडी आशिष राईको सहयोग अपिल
- एन्फामा खेलाडी कै नेतृत्व प्राथमिकतामा, राजनैतिक भर्ती केन्द्र बन्न नदिनेः खेलकुद मन्त्री पोखरेल
- एन्फाका पूर्व अध्यक्ष शेर्पा हाजिरी जमानीमा रिहा
- नेपालले महत्वपूर्ण अन्तर्राष्ट्रिय प्रतियोगिता गुमाउन सक्ने (पत्रसहित)