
काठमाडौं । लेबनानमा हुन गईरहेको चार देशीय अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगितामा नेपालले आफ्नो पहिलो प्रतिद्वन्द्वीका रुपमा जोर्डनलाई पाएको छ । नेपालले १० जुलाई (असार २६ गते) का दिन जोर्डनसँग खेल्दै प्रतियोगिताको शुरुवात गर्नेछ । जुन खेल नेपाली समयअनुसार दिनको १ः४५ बजेदेखि शुरु हुनेछ ।
जोर्डन त्यही टोली हो, जोसँग नेपालले गत फेब्रुअरीमा साउदी अरेबियाको जेद्दाह शहरमा भएको वाफ महिला च्याम्पियनसिपको फाइनलमा हार बेहोरेको थियो । नेपाललाई अब त्यो हारको बदला लिने अवसर लेबनानमा हुनेछ ।
त्यस्तै नेपालले दोस्रो खेल जुलाई १३ (असार २९ गते) का दिन बंगलादेशसँग खेल्नेछ । जुन खेल नेपाली समयअनुसार दिनको १ः४५ बजेदेखि शुरु हुनेछ । त्यस्तै नेपालले अन्तिम खेल जुलाई १६ (साउन १ गते) का दिन आयोजक लेबनानसँग खेल्नेछ । जुन खेल नेपाली समयअनुसार बेलुका ७ः४५ बजेदेखि शुरु हुनेछ ।
प्रतियोगिताका सबै खेलहरु लेबनानको त्रिपोली शहर स्थित राशिद करामी इन्टरनेशनल स्टेडियममा हुनेछन् । सिंगल राउण्ड रोबिनका आधारमा हुने प्रतियोगिताको शिर्ष स्थान हासिल गर्ने टोली च्याम्पियन बन्नेछ ।
- विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ सेमिफाइनलमा
- मकवानपुर महिला गोल्डकपको सर्वश्रेष्ठ खेलाडीले पाउने पुरस्कार प्रायोजन पूर्व राज्यमन्त्री बानियाँले गर्ने
- बागमती प्रदेश मुख्यमन्त्री कप महिला फुटबल प्रतियोगिता हुँदै
- अन्जनाको नयाँ गन्तव्य एपिएफ
- सातौं मेयर कप महिला फुटबल प्रतियोगिता आजदेखि (खेलतालिकासहित)