News
क्रोएशियामा बुद्ध गोल्डकप हुने

काठमाडौं । बुद्ध मार्टको आयोजनामा क्रोएशियामा रहेका नेपाली समुदायहरु बीच आउँदो अगस्त ३, ४ र ५ तारीखका दिन बुद्ध गोल्डकप सेभेन ए साईड फुटबल प्रतियोगिता हुने भएको छ ।
जग्रेब स्थित एरिना सेन्टरमा हुने प्रतियोगितामा सहभागिता जनाउन चाहने इच्छुक नेपाली क्लबहरुलाई यही जुलाई २५ तारीखसम्म टिमदर्ता खुला गरिएको छ । साथै टिमदर्ता शुल्क २८० युरो र डिपोजिट वापत २० युरो तोकिएको छ ।
प्रतियोगिताको विजेताले उपाधिसहित नगद १६०५ युरो प्राप्त गर्नेछ भने उपविजेताले ९०० युरोसहित मेडल, सर्टिफिकेट प्राप्त गर्ने आयोजकले जानकारी दियो । त्यस्तै व्यक्तिगत विधातर्फ पनि उचित पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।
Post Comments