News
आशिष चापागाईंले भुटानको शिर्ष लिग खेल्ने
काठमाडौं । नेपालको घरेलु फुटबलमा आफूलाई परिचित बनाईसकेका युवा फरवार्ड आशिष चापागाईले भुटानको शिर्ष लिग भुटान प्रिमियर लिग खेल्ने भएका छन् ।
आशिषलाई फुङ्सोलिङ हिरोज फुटबल क्लबले जारी सिजनका लागि अनुवन्ध गरेको हो । भुटानतर्फ प्रस्थान गर्न लागेका आशिषलाई बिर्तामोड युनाइटेड क्लबले एक कार्यक्रमका बीच विदाई गर्यो ।
आशिषले गत सिजन नेपालको शिर्ष लिग चर्च ब्वाईज युनाइटेडका लागि खेल्दै लिग उपाधि समेत जितेका थिए । स्मरण रहोस, फुङ्सोलिङ हिरोजले केही दिन मात्र नेपालका अनुभवी र युवा प्रशिक्षक सुमन श्रेष्ठलाई आफ्नो मूख्य प्रशिक्षकका रुपमा नियुक्त गरेको थियो ।
Post Comments
Related News
- विमलाको नाकमा चोट, शल्यक्रिया गर्नुपर्ने
- नेपाललाई फेरि बंगलादेश नै बाधक
- माल्दिभ्समा शुरु भयो डायमण्ड जुब्लि कप, बंगलादेश र पाकिस्तानको बराबरी, माल्दिभ्सको हार
- भुटानले श्रीलंकालाई हरायो, बंगलादेशको पनि विजयी शुरुवात
- रेनुका र सरु सम्मिलित किकस्टार्टले लिगलिडर इस्ट बंगाललाई हरायो, अन्जिलाको टोली सेथु पनि सफल