News
राष्ट्रिय यु-१७ टोलीको मुख्य प्रशिक्षकमा श्रेष्ठ
काठमाडौं । नेपाली राष्ट्रिय यु-१७ फुटबल टोलीको मुख्य प्रशिक्षकमा सनोज श्रेष्ठ नियुक्त भएका छन । आउँदो सेप्टेम्बर १८ देखि २८ तारीखसम्म भुटानमा हुने साफ यु-१७ च्याम्पियनसिप र एएफसी यु-१७ एसियन कप छनौटको लागि श्रेष्ठलाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिइएको हो ।
त्यस्तै टोलीको सहायक प्रशिक्षकमा धनेश्वर प्रजापती नियुक्त भएका छन । प्रशिक्षक श्रेष्ठ तथा सहायक प्रशिक्षक प्रजापतिलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरन राईले नियुक्तिपत्र हस्तान्तरण गरे ।
स्मरण रहोस, साफ यु-१७ च्याम्पियनसिपतर्फ नेपाल समूह बी मा परेको छ । जहाँ नेपालले आयोजक भुटानसँगै पाकिस्तान र श्रीलंकासँग प्रतिस्पर्धा गर्नेछ । त्यस्तै समूह ए मा भारत, बंगलादेश र माल्दिभ्स रहेका छन ।
Post Comments
Related News
- आशिष राईको उपचारबारे एन्फा भन्छ, “पूर्ण जिम्मेवार छौं”
- रोदनसहित राष्ट्रिय खेलाडी आशिष राईको सहयोग अपिल
- एन्फामा खेलाडी कै नेतृत्व प्राथमिकतामा, राजनैतिक भर्ती केन्द्र बन्न नदिनेः खेलकुद मन्त्री पोखरेल
- एन्फाका पूर्व अध्यक्ष शेर्पा हाजिरी जमानीमा रिहा
- नेपालले महत्वपूर्ण अन्तर्राष्ट्रिय प्रतियोगिता गुमाउन सक्ने (पत्रसहित)