काठमाडौं । एन्फा युथ लिग अन्तर्गत बिहीबार भएको दुई खेलहरुमा दुई विभागीय टोली एपिएफ फुटबल क्लब र नेपाल पुलिस क्लबले जित हात पारेका छन् ।
एन्फा कम्प्लेक्समा भएको पहिलो खेलमा एपिएफले सिजनको पहिलो जित दर्ता गर्ने क्रममा सातदोबाटो युथ क्लबलाई २–१ ले हरायो । एपिएफको जितमा बिकास तितुङ र किशोर गुरुङ्गले गोल गरे । सातदोबाटोका लागि योहान लिम्बुले गोल फर्काएका थिए ।
दिनको दोस्रो खेलमा लगातार दोस्रो जित हात पार्ने क्रममा पुलिसले संकटा क्लबलाई शून्यका विरुद्ध २ गोलले हरायो । पुलिसका लागि दुवै गोल रञ्जित लामाले गरे ।
लगातार दुई जित हात पारेको पुलिस लिगतालिकाको शिर्ष स्थानमा समेत छ । उता लगातार दुई खेलमा हार बेहोरेको संकटा अझै अंकविहीन छ ।
डबल राउण्ड रोबिन लिगका आधारमा हुने प्रतियोगितामा कुल १२ टोलीहरु सहभागि छन् । लिगको शिर्ष स्थान हासिल गर्ने टोली विजेता बन्नेछ । विजेताले उपाधिसहित नगद १ लाख हात पार्नेछ भने दोस्रो स्थान हासिल गर्ने टोलीले ५० हजार प्राप्त गर्नेछ ।
- आशिष राईको उपचारबारे एन्फा भन्छ, “पूर्ण जिम्मेवार छौं”
- रोदनसहित राष्ट्रिय खेलाडी आशिष राईको सहयोग अपिल
- एन्फामा खेलाडी कै नेतृत्व प्राथमिकतामा, राजनैतिक भर्ती केन्द्र बन्न नदिनेः खेलकुद मन्त्री पोखरेल
- एन्फाका पूर्व अध्यक्ष शेर्पा हाजिरी जमानीमा रिहा
- नेपालले महत्वपूर्ण अन्तर्राष्ट्रिय प्रतियोगिता गुमाउन सक्ने (पत्रसहित)