काठमाडौं । एन्फा युथ लिग यु–१८ फुटबल प्रतियोगिता अन्तर्गत बुधबार एनआरटीले जित हात पार्दा थ्रीस्टार क्लब बराबरीमा रोकिएको छ ।
सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा भएको खेलमा एनआरटीले विभागीय टोली एपिएफ फुटबल क्लबलाई शून्यका विरुद्ध १ गोलले हरायो । एनआरटीका लागि सन्तोष गोङ्बाले एक मात्र निर्णायक गोल गरे ।
यो जितपछि ४ खेलबाट ९ अंक जोडेको एनआरटीले शिर्ष स्थानका मनाङ मस्र्याङ्दी क्लबसँग अंक बराबरी गरेको छ । पराजित एपिएफको भने ७ अंक छ र शिर्ष चारमा रहेको छ ।
त्यस्तै बुधबार नै भएको अर्को खेलमा थ्रीस्टार क्लब र संकटा क्लबले बराबरी खेल्दै अंक बाँडेका छन् । थ्रीस्टारका लागि चित्र नेपालीले गोल गरे भने संकटाका लागि समिर नेपालीले गोल गरेका थिए ।
यो नतिजापछि थ्रीस्टारको ४ खेलबाट ४ अंक भएको छ भने संकथाको समान चार खेलबाट २ अंक जोड्दै शिर्ष दशभित्र उक्लिएको छ ।
डबल राउण्ड रोबिन लिगका आधारमा हुने प्रतियोगितामा कुल १२ टोलीहरु सहभागि छन् । लिगको शिर्ष स्थान हासिल गर्ने टोली विजेता बन्नेछ । विजेताले उपाधिसहित नगद १ लाख हात पार्नेछ भने दोस्रो स्थान हासिल गर्ने टोलीले ५० हजार प्राप्त गर्नेछ ।
- आशिष राईको उपचारबारे एन्फा भन्छ, “पूर्ण जिम्मेवार छौं”
- रोदनसहित राष्ट्रिय खेलाडी आशिष राईको सहयोग अपिल
- एन्फामा खेलाडी कै नेतृत्व प्राथमिकतामा, राजनैतिक भर्ती केन्द्र बन्न नदिनेः खेलकुद मन्त्री पोखरेल
- एन्फाका पूर्व अध्यक्ष शेर्पा हाजिरी जमानीमा रिहा
- नेपालले महत्वपूर्ण अन्तर्राष्ट्रिय प्रतियोगिता गुमाउन सक्ने (पत्रसहित)