News
राष्ट्रिय महिला लिगको तयारीमा व्यस्त बागमती

काठमाडौं । मोफसलको फुटबलमा विशेष र फरक पहिचान बनाउन सफल बागमती युवा क्लब, सर्लाहीको महिला फुटबल टिम अर्को महिनादेखी शुरु हुने भनिएको राष्ट्रिय महिला लिगको तयारीमा जुटेको छ ।
लिग कै तयारीका लागि भनेर बागमतीले खेलाडी छ्नौट कार्यक्रम र बन्द प्रशिक्षण पनि शुरु गरेको क्लबका अध्यक्ष किस्मतराज मैनालीले जानकारी दिए ।
सोनाम लामाको प्रशिक्षकीय जिम्मेवारीमा रहेको बागमती क्लबको बन्द प्रशिक्षणमा हाल ३५ खेलाडीहरु सामेल रहेको क्लबका सचिव कुमार प्रधानले बताए । साथै उक्त बन्द प्रशिक्षणबाट खेलाडीहरुको संख्या २५ मा झारिने पनि क्लबले जनाएको छ ।
Post Comments
Related News
- विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ सेमिफाइनलमा
- मकवानपुर महिला गोल्डकपको सर्वश्रेष्ठ खेलाडीले पाउने पुरस्कार प्रायोजन पूर्व राज्यमन्त्री बानियाँले गर्ने
- बागमती प्रदेश मुख्यमन्त्री कप महिला फुटबल प्रतियोगिता हुँदै
- अन्जनाको नयाँ गन्तव्य एपिएफ
- सातौं मेयर कप महिला फुटबल प्रतियोगिता आजदेखि (खेलतालिकासहित)