News सुनसरीमा सेभेन ए साईड इन्टर स्कुल फुटसल हुने
गोलनेपाल

इटहरी । अल स्पोर्टस कलेक्सन, झुम्का, सुनसरीको आयोजनामा आउँदो भदौ ९ र १० गतेका दिन इन्टर स्कुल सेभेन ए साईड फुटसल प्रतियोगिता हुने भएको छ । इटहरी–५ स्थित पाथीभरा फुटसलमा हुने प्रतियोगिताको आवश्यक तयारीसँगै टिमदर्ता पनि खुला गरिएको छ ।

प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३० हजार हात पार्नेछ भने उपविजेताले २० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई स्मार्ट ऐज बाइसाइकल प्रदान गरिने पनि आयोजकले जानकारी दियो ।

प्रतियोगिताबारे विस्तृत जानकारीका लागि सम्पर्क नम्बरहरु 9818321544, 9842461501, 9862626224 मा सम्पर्क गर्न सकिने पनि आयोजकले जनाएको छ ।

Post Comments