News राष्ट्रिय यु–१७ टोलीको बन्द प्रशिक्षणमा ४२ खेलाडी छानिए (नामावलीसहित)
गोलनेपाल

काठमाडौं । यसै वर्ष भुटानमा सेप्टेम्बर १८ देखि २८ तारीखसम्म हुन गईरहेको साफ यु–१७ च्याम्पियनसिप र एएफसी यु–१७ एसियन कप छनौटका लागि नेपाली राष्ट्रिय यु–१७ फुटबल टोली तयार पार्न बन्द प्रशिक्षणमा ४२ खेलाडीहरु छानिएका छन् ।

स्मरण रहोस, अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय यु–१७ फुटबल टोली तयार पार्न देशव्यापी खुला छनौट कार्यक्रम सञ्चालन गरेको थियो । सोही छनौट कार्यक्रमतर्फ जिल्ला, र प्रदेश हुँदै केन्द्रिय छनौटबाट ४२ खेलाडीहरु बन्द प्रशिक्षणमा परेका हुन् ।

एन्फाका अनुसार बन्द प्रशिक्षणमा परेका खेलाडीहरुले भदौ २ गते आइतबार बिहान ९ बजे सातदोबाटो स्थित एन्फाको मुख्यालयमा उपस्थित हुन समेत जानकारी गराइएको छ । साथै सम्बन्धित खेलाडीहरुलाई थप जानकारीका लागि टिम व्यवस्थापक बिजेन्द्र पुडासैनीको सम्पर्क नम्बर 9851055214 मा सम्पर्क गर्ने समेत एन्फाले जनाएको छ ।

बन्द प्रशिक्षणमा परेका खेलाडीहरुको नामावलीः

Post Comments