काठमाडौं । यसै वर्ष भुटानमा सेप्टेम्बर १८ देखि २८ तारीखसम्म हुन गईरहेको साफ यु–१७ च्याम्पियनसिप र एएफसी यु–१७ एसियन कप छनौटका लागि नेपाली राष्ट्रिय यु–१७ फुटबल टोली तयार पार्न बन्द प्रशिक्षणमा ४२ खेलाडीहरु छानिएका छन् ।
स्मरण रहोस, अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय यु–१७ फुटबल टोली तयार पार्न देशव्यापी खुला छनौट कार्यक्रम सञ्चालन गरेको थियो । सोही छनौट कार्यक्रमतर्फ जिल्ला, र प्रदेश हुँदै केन्द्रिय छनौटबाट ४२ खेलाडीहरु बन्द प्रशिक्षणमा परेका हुन् ।
एन्फाका अनुसार बन्द प्रशिक्षणमा परेका खेलाडीहरुले भदौ २ गते आइतबार बिहान ९ बजे सातदोबाटो स्थित एन्फाको मुख्यालयमा उपस्थित हुन समेत जानकारी गराइएको छ । साथै सम्बन्धित खेलाडीहरुलाई थप जानकारीका लागि टिम व्यवस्थापक बिजेन्द्र पुडासैनीको सम्पर्क नम्बर 9851055214 मा सम्पर्क गर्ने समेत एन्फाले जनाएको छ ।
बन्द प्रशिक्षणमा परेका खेलाडीहरुको नामावलीः

- आशिष राईको उपचारबारे एन्फा भन्छ, “पूर्ण जिम्मेवार छौं”
- रोदनसहित राष्ट्रिय खेलाडी आशिष राईको सहयोग अपिल
- एन्फामा खेलाडी कै नेतृत्व प्राथमिकतामा, राजनैतिक भर्ती केन्द्र बन्न नदिनेः खेलकुद मन्त्री पोखरेल
- एन्फाका पूर्व अध्यक्ष शेर्पा हाजिरी जमानीमा रिहा
- नेपालले महत्वपूर्ण अन्तर्राष्ट्रिय प्रतियोगिता गुमाउन सक्ने (पत्रसहित)