काठमाडौं । आइतबारदेखि शुरु हुन गईरहेको साफ यु–२० च्याम्पियनसिपको दुई सेमिफाइनल खेल र फाइनल खेल दशरथ रंगशालामा हुने भएका छन् । एएफसी च्यालेञ्ज लिगतर्फ चर्च ब्वाईज युनाइटेड र पारो एफसी बीचको खेल पश्चात् दशरथ रंगशालाको मैदान बिग्रिएका कारण प्रतियोगिताका खेलहरु त्यहाँ हुनेमा अनिश्चितता थपिएको थियो ।
त्यसपश्चात साफ र एन्फा बीचको बैठकले साफ यु–२० च्याम्पियनसिपको समूह चरणका खेलहरु सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा खेलाउने निर्णय गरेको थियो । स्मरण रहोस, उद्घाटन खेलमा आइतबार समूह ए तर्फको दुई टोली आयोजक नेपाल र श्रीलंका भिड्ने कार्यक्रम छ ।
प्रतियोगिता अन्तर्गत समूह ए मा नेपाल, श्रीलंका र बंगलादेश रहेका छन् । त्यस्तै समूह बी तर्फ भारत, माल्दिभ्स र भुटान रहेका छन् । प्रत्येक समूहको शिर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् । फाइनल खेल अगस्त २८ तारीखका दिन हुनेछ ।
- विमलाको नाकमा चोट, शल्यक्रिया गर्नुपर्ने
- नेपाललाई फेरि बंगलादेश नै बाधक
- माल्दिभ्समा शुरु भयो डायमण्ड जुब्लि कप, बंगलादेश र पाकिस्तानको बराबरी, माल्दिभ्सको हार
- भुटानले श्रीलंकालाई हरायो, बंगलादेशको पनि विजयी शुरुवात
- रेनुका र सरु सम्मिलित किकस्टार्टले लिगलिडर इस्ट बंगाललाई हरायो, अन्जिलाको टोली सेथु पनि सफल