प्रवेश छथर जोरपाटी धनकुटा तेह्रथुमको छथरमा जारी पॉचौ गाउँपालिका अध्यक्ष आमन्त्रित पुरूष फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ।
शनिबार छथर खेलमैदानमा सम्पन्न पहिलो सेमिफइनलमा आयोजक छथर गाउँपालिकालाई एक शुन्यले पराजित गर्दै धनकुटाले फाइनल यात्रा तय गरेको हो । निकै नै प्रतिस्पर्धात्मक खेलमा पहिलो हाप बराबरीमा टुंगिएको थियो ।
दोस्रो हापको २४ औ मिनेटमा छथर जोरपाटीका जीवन लिम्बुले गरेको एक मात्र गोल नै जितका लागि निर्णायक भयो । उनै जीवन म्यान अए द म्याच घोषित भए । दोस्रो सेमीफाइनलमा भदौ २ गते दिनको दुइ बजे पंचायन एफ. सी. सुनसरीले एफ. सी. कुपी छथरसँग भिड्नेछन ।
भदौ ४ गते सम्म सन्चालन हुने प्रतियोगिताको विजेताले नगद २ लाख सहित ट्रफी मेडल र प्रमाणपत्र र उपविजेताले १ लाख सहित ट्रफि मेडल र प्रमाण पत्र प्राप्त गर्ने गाउँपालिका अध्यक्ष सन्तोष तिगेलाले जानकारी दिनुभयो।
- तेह्रथुममा जारी नेत्र गुरागाई स्मृति गोल्डकपको उपाधि समीकरण पुरा
- बिबिसी म्याङ्लुङ र चुटान स्पोर्टिङ क्लब तेह्रथुममा जारी नेत्र गुरागाई स्मृति गोल्डकपको अन्तिम चारमा
- तेह्रथुमको म्याङ्लुङमा नेत्र गुरागाँई स्मृति गोल्डकप सुरु
- तेह्रथुम आठराई–बोखिम खुल्ला पुरुष फुटबलको उपाधि ह्वाकूलाई
- संखुवासभालाई मदन मेला पुरुष फुटबलको उपाधि