
प्रवेश छथर जोरपाटी धनकुटा तेह्रथुमको छथरमा जारी पॉचौ गाउँपालिका अध्यक्ष आमन्त्रित पुरूष फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ।
शनिबार छथर खेलमैदानमा सम्पन्न पहिलो सेमिफइनलमा आयोजक छथर गाउँपालिकालाई एक शुन्यले पराजित गर्दै धनकुटाले फाइनल यात्रा तय गरेको हो । निकै नै प्रतिस्पर्धात्मक खेलमा पहिलो हाप बराबरीमा टुंगिएको थियो ।
दोस्रो हापको २४ औ मिनेटमा छथर जोरपाटीका जीवन लिम्बुले गरेको एक मात्र गोल नै जितका लागि निर्णायक भयो । उनै जीवन म्यान अए द म्याच घोषित भए । दोस्रो सेमीफाइनलमा भदौ २ गते दिनको दुइ बजे पंचायन एफ. सी. सुनसरीले एफ. सी. कुपी छथरसँग भिड्नेछन ।
भदौ ४ गते सम्म सन्चालन हुने प्रतियोगिताको विजेताले नगद २ लाख सहित ट्रफी मेडल र प्रमाणपत्र र उपविजेताले १ लाख सहित ट्रफि मेडल र प्रमाण पत्र प्राप्त गर्ने गाउँपालिका अध्यक्ष सन्तोष तिगेलाले जानकारी दिनुभयो।
- तेह्रथुमकी सेमिहाङमा साफ गेम खेल्न बंगालादेश जॉदै
- केलाङ मेला तेह्रथुमको उपाधि चुलाचुली स्पोर्टिङ क्लब दमक झापालाई
- केलाङ मेला तेह्रथुमः उपाधिका लागि चुलाचुली र सम्दुको भिडन्त पक्का
- चुलाचुली स्पोर्टिङ झापा तेह्रथुममा जारी केलाङ मेलाको उपाधि नजिक
- तेह्रथुम जलजलेः सेमिफाइनल खेल्ने चार टोलीकै टुङगो लाग्यो