News
सिल्कोद्वारा रेजिन र रोहित गृहजिल्ला सम्मानित

भद्रपुर । भारत सिलिगुडीको खेलकुद सामग्री उत्पादन कम्पनी सिल्को ग्रुप अफ कम्पनीले दुईजना अन्तर्राष्ट्रिय फुटबल खेलाडीलाई सम्मान गरेको छ । झापाको भद्रपुरमा आयोजित कार्यक्रमका बीच सिल्कोले भद्रपुर झापा गोल्डकपको समन्वयमा फुटबलर रेजिन सुब्बा र रोहित सुब्बालाई सम्मान गरेको हो ।
रेजिन सन् २०१९ मा १३औँ साफ च्याम्पियनसिप, सहिद स्मारक ए डिभिजन लिग, सन् २०१८ मा भुटानमा भएको यु–१८ साफ च्याम्पियनसिपका स्वर्णधारी खेलाडी हुन् । त्यस्तै, रोहित यु–१५ र यु–२० साफ च्याम्पियसिपका टोली सदस्य हुन् ।
त्यस्तै, भद्रपुर झापा गोल्डकपका महिला फुटबल खेलाडी तथा प्रशिक्षकलाई एकसेट जर्सी र फुटबल प्रदान गरिएको थियो । यसैबीच, सिल्को ग्रुप अफ कम्पनीले नेपालमा पहिलोपटक आफ्ना उत्पादनहरु भद्रपुरमा लन्च गरेको छ ।
नेपालका लागि आधिकारिक बिक्रेता तपो स्पोर्टस प्रालि काठमाडौँले देशभर सिल्कोका उत्पादनहरु बिक्री वितरण गर्नेछ । सिल्कोले फुटबल, क्रिकेटलगायत सबै प्रमुख खेलका किट्स, जर्सी र एक्सोसरीहरु विगत ४५ वर्षदेखि उत्पादन गर्दै आएको छ । यो ब्रान्ड भारतको पश्चिम बंगाल, उत्तरपूर्वका राज्यहरु र भुटानमा लोकप्रिय छ । कार्यक्रमको अवसरमा सिल्को र तपो स्पोर्टस्बीच बिक्री वितरण सम्झौतामा हस्ताक्षर भएको थियो ।
Post Comments