News आजबाट ताप्लेजुङ गोल्डकपः आयोजक र सिलगुडीको भिड्दै
गोलनेपाल

ताप्लेजुङ । अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्डकपको दोश्रो संस्करण आजबाट सुरु हुँदैछ । उद्घाटन खेलमा आयोजकको संघर्ष स्पोर्टिङ युवा क्लब ताप्लेजुङ र कञ्चनजङ्घा एफसी सिलगुडी भारतले प्रतिष्पर्धा गर्दैछन् ।

भाद्र १० गतेसम्म हुने प्रतियोगितामा ८ वटा टिमले सहभागिता जनाएका छन् । लाखेजात्रा पर्वको अवसरमा लाखेजात्रा सञ्चालन समितिद्वारा भानुजन माविको प्राङ्गणमा दिउँसो २ः३० बजे खेलको उद्घाटन हुनेछ ।

प्रतियोगिताको विजेता नगद ५ लाख र उपविजेताले २ लाख ५० हजार ५५५ सहित ट्रफी पाउने छ । खेलका विभिन्न विधामा उत्कृष्ट बन्ने खेलाडीलाई समेत उचित पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

Post Comments