News सलहेश ताप्लेजुङ गोल्डकपको सेमिफाइनलमा
गोलनेपाल

ताप्लेजुङ । सिरहाको सलहेश युवा क्लब यहाँ जारी अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । दोश्रो संस्करणअन्तरगत आज भएको दोस्रो क्वाटरफाइनल खेलमा सिरहाले पाँचथर फुटबल क्लबलाई १-० गोलले पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षित गरेको हो ।

सिरहाका लागि जय गुरुङले गरेको गोल नै निर्णायक बन्यो । पहिलो हाफको ४१औँ मिनेटमा उनले गोल गरेका हुन् । साँघुरो जित निकालेको सिरहाका गोलकर्ता गुरुङ म्यान अफ दी म्याच बन्दै नगद ५ हजार पाउन सफल भए । यसैगरी, दर्शकदीर्घाबाट रिदम लिम्बूले फ्यान अफ दी म्याच बन्दै एक थान बल पाए ।

सोमबार भएको उद्घाटन खेलमा कञ्चनजंघा एफसी सिलिगुढी भारतलाई पराजित गर्दै संघर्ष स्पोर्टिङ युवा क्लब ताप्लेजुङ सेमिफाइनलमा प्रवेश गरिसकेको छ ।

 

Post Comments