News
बंगलादेशसँग र नेपाल सेमिफाइनलमा

काठमाडौ । गत संस्करणको उपविजेता बंगलादेश र आयोजक नेपाल जारी साफ यु-२० च्याम्पियनसिपतर्फ समूह ए बाट सेमिफाइनल प्रवेश गर्ने शुरुवाती दुई टोली बनेका छन ।
प्रतियोगिता अन्तर्गत समूह चरणको दोस्रो खेलमा बंगलादेशले श्रीलंकामाथी २-० को जित निकालेपछी विजयी टोली बंगलादेशसँगै घरेलु टोली नेपाल पनि एक खेल अगावै अन्तिम चारमा प्रवेश गरेको हो ।
मंगलबार एन्फा कम्प्लेक्समा भएको खेलमा बंगलादेशका लागि मिराजुल इस्लाम र मोहम्मद पियाश अहमद नोवाले गोल गर्दै टोलीको जित पक्का गरे ।
अब समूह ए तर्फको अन्तिम खेलमा बिहीबार नेपाल र बंगलादेश भिड्ने छ्न । यी दुई टोलीबिचको खेलको नतिजा पश्चात् समूह ए को विजेता र उपविजेताको टुंगो लाग्नेछ ।
Post Comments