News
तेस्रोे टाईगर कपको तयारी पूरा (खेलतालिकसहित)

काठमाडौं । नेपाल टाईगर फुटबल क्लब, दुबईको आयोजनम यही अगस्त २४ गतेका दिन हुने तेस्रो टाईगर कप फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ ।
दुबई स्थित तीन फरक मैदानमा हुने एक दिने प्रतियोगिताको खेलतालिका समेत सार्वजनिक गरिएको छ । युएईमा रहेका कुल २४ नेपाली समुदायका क्लबहरुले सहभगिता जनाउने समेत आयोजकले जानकारी दियो ।
प्रतियोगिताको विजेताले उपाधिसहित नगद ४,४४४ युएई दिराम हात पार्नेछ भने उपविजेताले २,२२२ युएई दिरामसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।
त्यस्तै व्यक्तिगत विधातर्फ उत्कृष्ट हुने खेलाडीहरुलाई पनि उचित पुरस्कारको व्यवस्था गरिएको आयोजकले जानकारी दियो ।
Post Comments