
म्याङलुङ । तेह्रथुमको म्याङलुङमा शुक्रबार सम्पन्न प्रि-क्वाटर फाइनल खेलबाट जित निकाल्दै छथर जोरपाटी धनकुटा र बि.बि.सि. तेह्रथुम नेत्र गुरागाई स्मृति गोल्डकपको क्वाटर फाइनलमा प्रवेश गरेका छन । म्याङलुङ रंगशालामा शुक्रबार सम्पन्न पहिलो खेलमा आयोजक म्याङलुङ स्पोटिङ युवा क्लबलाई ५-० ले पराजित गर्दै छथर जोरपाटी धनकुटा क्वाटर फाइनल प्रवेश गरेको हो । धनकुटाको जितका लागि मिक्सन दाशले चार गोल गरे भने मनकुमार राईले एक गोल गरे ।
त्यस्तै शुक्रबार नै सम्पन्न दोस्रो खेलमा मादी नगरपालिका संखुवासभालाई ट्राइवेकरमा पराजित गर्दै बि.बि.सि. तेह्रथुम क्वाटर फाइनलमा प्रवेश गरेको छ ।निर्धारित समयमा दुबै टिमबाट गोल हुन नसके पछि नतिजा ट्राइवेकर मार्फत निकालिएको थियो । ट्राईवेकरमा मादीलाई ४-३ गोलले पराजित गर्दै बि.बि.सि. क्वाटरफाइनल प्रवेश गरेको हो ।
लाखेजात्रा तथा श्रीकृष्ण जन्माष्टमीको अवसरमा म्याङलुङ रंगशालामा विगत वर्षहरूमा झै यो वर्ष पनि प्रतियोगिता सन्चालन गरिएको म्याङलुङ स्पोटिङ क्लबका अध्यक्ष प्रविन मोतेले जानकारी दिनुभयो । भदौ १५ गते सम्म सन्चालन हुने प्रतियोगितामा विजेताले २ लाख सहीत ट्रफि र उपविजेताले १ लाख प्राप्त गर्ने अध्यक्ष मोतेले बताउँनुभयो ।
त्यसैगरी वेष्ट किपर,वेस्ट प्लेयर,वेस्ट डिफेन्डर, हाई स्कोरर र उदयमान खेलाडीलाई उचित पुरस्कारले पुरस्कृत गरिने खेल संयोजक राजहाङ पीरती सुब्बाले बताउँनुभयो ।


- मदन मेलाको उपाधिःपुरूष तर्फ सोधुङ सेन्दाङ र महिला तर्फ म्याङलुङ स्पोर्टिङलाई
- उपाधिका लागि सोधुङ सेन्दाङ र आठराई गाउँपालिका भिड्ने
- आठराई मदनमेलाको पुरूष तथा महिला फुटबलको सेमिफाईनल समिकरण पूरा
- तमु ह्योल छोजधी र फेदाप गाउँपालिका मदन मेलाको सेमिफाइनल प्रवेश
- मदनमेलाको दोस्रो दिन पुरूष तर्फ प्रि क्वाटर फाइनलका पॉच खेल सम्पन्न