News
भारतलाई निराश पार्दै बंगलादेश फाइनलमा, उपाधिका लागि नेपालसँग भिड्ने
काठमाडौ । दावेदार तथा साविक विजेता भारतलाई हराउँदै बंगलादेश जारी साफ यु-२० च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ ।
एन्फा कम्प्लेक्समा भएको निर्धारित समयको खेल १-१ को बराबरीमा टुंगिएपछी खेलको निर्णय टाईब्रेकरबाट लिईएको थियो । टाईब्रेकरमा भने बंगलादेशले भारतमाथी ४-३ को जित निकाल्दै फाइनल स्थान पक्का गर्यो ।
यो हारसँगै बंगलादेशले गत संस्करणको फाइनलमा भारतसँग बेहोरेक हारको बदला समेत लिएको छ । अब बंगलादेशले फाइनलमा २८ अगस्त बुधबारका दिन घरेलु टोली नेपालसँग फाइनल खेल्नेछ ।
स्मरण रहोस, जारी प्रतियोगितामा नेपाल र बंगलादेश एकै समुहमा रहेर लिग चरणमा पनि खेलेका थिए । त्यतिबेला नेपालले बंगलादेशमाथी २-१ को जित निकालेको थियो ।
Post Comments
Related News
- विमलाको नाकमा चोट, शल्यक्रिया गर्नुपर्ने
- नेपाललाई फेरि बंगलादेश नै बाधक
- माल्दिभ्समा शुरु भयो डायमण्ड जुब्लि कप, बंगलादेश र पाकिस्तानको बराबरी, माल्दिभ्सको हार
- भुटानले श्रीलंकालाई हरायो, बंगलादेशको पनि विजयी शुरुवात
- रेनुका र सरु सम्मिलित किकस्टार्टले लिगलिडर इस्ट बंगाललाई हरायो, अन्जिलाको टोली सेथु पनि सफल