रेसुङा । पुल्चोक स्पोर्टस क्लब, रेसुङा, गुल्मीको आयोजनामा जारी पाँचौं पुल्चोक कप महिला फुटबल प्रतियोगिताको क्वाटरफाइनल समिकरण पूरा भएका छन् । बिहीबार चार खेलहरुको नतिजा निस्किएसँगै प्रतियोगिताको क्वाटरफाइनल समिकरण पूरा भएको हो ।
बिहीबार रेसुङा–८ स्थित चिदिचौर खेलमैदानमा भएको पहिलो खेलमा अर्जुन इङलिस बोर्डिङ स्कुलले आदर्श विद्या आश्रमलाई १–० ले हरायो । दोस्रो खेलमा रेसुङा सेकेण्डरी स्कुलले उपल्लो तम्घास सेकेण्डरी स्कुललाई ३–० ले पराजित गर्यो ।
त्यस्तै तेस्रो खेलमा सिद्धबाबा सेकेण्डरी स्कुलले गण्डकी इङलिस बोर्डिङ स्कुललाई ५–४ ले हराउँदा दिनको चौथो खेलमा ब्रिलियन्ट युनाइटेड एकेडेमीले भादगाउँ सेकेण्डरी स्कुललाई समान ५–४ ले निराश तुल्यो ।
प्रतियोगिता अन्तर्गत शुक्रबार हुने पहिलो क्वाटरफाइनलमा रिडर्सले जनसहयोगको सामना गर्नेछ भने दोस्रो क्वाटरफाइनलमा अर्जुन स्कुलले लिटिल स्टारसँग खेल्नेछ । तेस्रो क्वाटरफाइनलमा महेन्द्रले रेसुङसँग भिड्दा चौथो क्वाटरफाइनलमा सिद्धबाबा र ब्रिलियन्ट भिड्ने छन् ।
गुल्मी जिल्लाका कुल १४ महिला फुटबल टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल यही भदौ १५ गतेका दिन हुनेछ ।
- मझिया स्मृति कप महिला फुटबल : पदमा स्पोर्ट्सको ७–० को शानदार जित, सिम्रनको चार गोल
- तेह्रथुमका तीन महिला फुटबल खेलाडीलाई दक्षिण कोरियाबाट जनही ५० हजार रुपैयाँ सहयोग
- एसियन पेन्ट्स च्याम्पियनसिप २०२६ अन्तर्गत उपत्यकाव्यापी गर्ल्स फुटबल प्रतियोगिता सुरु
- होराइजन र कान्ति फाइनलमा भिड्ने
- होराइजन, सुनगाभा, ग्यालेक्सी र कान्ति सेमिफाइनलमा