News
शहिद मैदानमा फ्लड लाईट, रात्रीकालीन फुटबल पनि सहज हुने

बिराटनगर । प्रदेश नम्बर एकको व्यस्त शहर बिराटनगरमा रहेको शहिद मैदानमा कृत्रिम प्रकाश (फ्लड लाईट) जडानको कार्य शुरु भएको छ ।
नेपाल कै एक मात्र फुटबल स्टेडियमका रुपमा रहेको शहिद मैदानमा फ्लड लाईट जडान कार्यको जिम्मा प्रदेश नम्बर १ को सरकारले लिएको छ ।
पाँच करोडको लागतमा शुरु भएको फ्लड लाईटको जडान कार्य केही सातामा सम्पन्न हुने प्रदेश १ सरकारले जनाएको छ । यो फ्लड लाईट जडान कार्य सम्पन्न भएसँगै शहिद मैदानमा रात्रीकालीन फुटबल प्रतियोगिता आयोजना गर्न पनि अब सहज हुने भएको छ ।
स्मरण रहोस, शहिद मैदान मै गत बर्ष महिला साफ च्याम्पियनसिप सफलताका साथ सम्पन्न भएको थियो । फाइनल खेलमा भारतले नेपाललाई ३–१ ले हराउँदै उपाधि जित्न सफल भएको थियो ।
Post Comments
Related News