News
महिला लिगमा पुलिसको गोल बर्षा
काठमाडौं । एन्फा महिला लिग राष्ट्रिय फुटबल प्रतियोगिता अन्तर्गत शुक्रबार भएको दुई खेल मध्ये एकमा विभागीय टोली नेपाल पुलिस क्लबले फराकिलो जित दर्ता गरेको छ ।
सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा भएको खेलमा पुलिसले सुदुरपश्चिम प्रदेशमाथि ९–० को फराकिलो जित निकाल्यो । पुलिसको जितमा निरु थापा र दिपा न्यौपानेले ह्याट्रिक गरे भने पुजा राना, घिम कुमारी गुरुङ र अनुष्का शेर्पाले थप एक–एक गोल गरे ।
त्यस्तै शुक्रबार नै भएको अर्को खेलमा चन्द्रपुर नगरपालिकाले नवप्रवेशी टोली संकटा क्लबसँग गोलरहित बराबरी खेल्दै अंक बाँड्यो ।
कुल १० टोलीहरु सहभागि लिग विजेताले उपाधिसहित नगद १० लाख हात पार्नेछ भने उपविजेताले ५ लाख प्राप्त गर्नेछ । त्यस्तै विधागततर्फ पनि आकर्षक नगद पुरस्कारको व्यवस्था गरिएको छ ।
Post Comments
Related News
- फ्रेण्डस क्लबका पूर्व अध्यक्ष राणाको निधन
- साफ महिला च्याम्पियनसिपका लागि ३५ खेलाडीहरु बन्द प्रशिक्षणमा बोलाइए
- सरकारको योजनाः सातै प्रदेशमा रंगशाला, खेल प्रशासनमा राजनैतिक नियुक्ति खारेज (पत्रसहित)
- विवादबीच प्रक्रिया पूरा गर्दै राष्ट्रिय टोली लाओस प्रस्थान (पत्रसहित)
- नेपाली राष्ट्रिय पुरुष फुटबल टोली लाओस प्रस्थान