News मकवानपुर जिल्ला लिगः शुक्रबार ६ खेलहरु सम्पन्न
बिक्रम बानियाँ क्षेत्री

हेटौडा । मकवानपुर जिल्ला लिग फुटबल प्रतियोगिता अन्तर्गत भदौ २१ गते शुक्रबार गौरीटार खेलमैदान र सिमलटार खेलमैदानमा गरी कुल ६ खेलहरु सम्पन्न भएकाछन् ।

गौरीटार रंगशालामा भएको खेलहरुमा एफसी पोतालाले एफसी विजय युथलाई ५–३ ले हरायो । दोस्रो खेलमा सक्षम फुटबल क्लबले एफसी इन्टरनेटलाई २–० ले पराजित गर्दा न्यु डाँफेले एफसी इन्टरनेट सिटीलाई ५–१ ले हरायो ।

त्यस्तै सिमलटारमा भएको खेलतपर्ः पशुपति युवा क्लबले एफसी चाईनालाई १–० ले हराउँदा दोस्रो खेलमा परेली फुटबल क्लबले हेटौडा भेट्रान्समाथि ६–० को फराकिलो जित हात पार्यो । तेस्रो खेलमा भने हेटौडा फुटबल एकेडेमीले महाबिर फुटबल क्लबलाई १–० ले निराश तुल्यायो ।

मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा जारी लिग विजेताले उपाधिसहित नगद १ लाख हात पार्नेछ भने उपविजेताले ५० हजार प्राप्त गर्नेछ । कुल २८ टोलीहरुको सहभागिता रहेको लिगको समापन असोज ९ गतेका दिन हुनेछ ।

Post Comments