News
लैनचौरमा सेभेन ए साईड खुला फुटबल प्रतियोगिता हुने
काठमाडौं । लैनचौर युवा सामान्य समिति, काठमाडौंको आयोजनामा आउँदो असोज ११ देखि १४ गतेसम्म खुला सेभेन ए साईड फुटबल प्रतियोगिता हुने भएको छ ।
दुव्र्यसन विरुद्ध सचेतना जगाउने उद्देश्यका साथ आयोजना हुन गईरहेको प्रतियोगिताको टिमदर्ता पनि खुला गरिएको छ । साथै सहभागिता जनाउन चाहने इच्छुक क्लबहरुका लागि ८००० टिमदर्ता पनि तोकिएको छ ।
प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख हात पार्नेछ भने उपविजेताले ५० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै व्यक्तिगत विधातर्फ उत्कृष्ट हुने खेलाडीहरुलाई पनि उचित पुरस्कारको व्यवस्था गरिएको आयोजकले जानकारी दियो ।
Post Comments
Related News
- फ्रेण्डस क्लबका पूर्व अध्यक्ष राणाको निधन
- साफ महिला च्याम्पियनसिपका लागि ३५ खेलाडीहरु बन्द प्रशिक्षणमा बोलाइए
- सरकारको योजनाः सातै प्रदेशमा रंगशाला, खेल प्रशासनमा राजनैतिक नियुक्ति खारेज (पत्रसहित)
- विवादबीच प्रक्रिया पूरा गर्दै राष्ट्रिय टोली लाओस प्रस्थान (पत्रसहित)
- नेपाली राष्ट्रिय पुरुष फुटबल टोली लाओस प्रस्थान