News
एभरेष्ट ३८औं युनाइटेड गोल्डकपको सेमिफाइनल प्रवेश गर्ने चौथो टोली
कावासोती । सहज जितका साथ एभरेष्ट क्लब यहाँ जारी ३८औं युनाइटेड गोल्डकप खुला नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्ने अन्तिम टोली बनेको छ ।
मंगलबार भएको चौथो क्वाटरफाइनलमा एभरेष्टले दुम्कीबास युथ क्लबलाई शून्यका विरुद्ध ४ गोलले हराउँदै अन्तिम चारमा प्रवेश गरेको हो ।
एभरेष्टको जितमा समिर श्रेष्ठले ह्याट्रिक गरे भने थप एक गोल भुपेश मगरले गरेका थिए । एभरेष्टले अब दोस्रो सेमिफाइनलतर्फ वातासिनो योङ स्टार युथ क्लबसँग खेल्नेछ ।
प्रतियोगिता अन्तर्गत भदौ २६ गते बुधबारको पहिलो सेमिफाइनल खेल रडस रामपुर र भेडाबारी एफसी बीच हुने आयोजकले जानकारी दियो ।
युनाइटेड युवा क्लब, गिरुबारीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख ५० हजार हात पार्नेछ भने उपविजेताले १ लाख ५० हजार हात पार्नेछ । फाइनल खेल भदौ २९ गतेका दिन हुनेछ ।
Post Comments
Related News
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न
- खेलकुदलाई चार अर्ब बढीको बजेट
- एक्स्ट्रिम इनर्जी ड्रिंक्सको “स्क्यान मा सुन” अभियान सार्वजनिक
- ‘थ्री अन थ्री फुटबल क्लिनिक एन्ड च्याम्पियनसिप हुँदै