चारपाने । झापाको बिर्तामोड २ स्थित सोमबारेमा असोज दोस्रो साता ‘झापा जिल्लास्तरीय सोमबारे नकआउट फुटबल प्रतियोगिता हुने भएको छ ।
स्थानीय सोमबारे योङ स्टार फुटबल क्लबको आयोजनामा असोज ७ देखि १३ गतेसम्म फुटबल प्रतियोगिता आयोजना हुने आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो । सोमबारे बाल विकास केन्द्रको खेलमैदानमा हुने प्रतियोगितामा जिल्लाका १२ टोलीको सहभागिता रहने छ ।
प्रतियोगिता सम्पन्न गर्न अनुमानित ६ लाख रुपैयाँ खर्च हुने आयोजक क्लबका अध्यक्ष उमेश राईले जानकारी दिए ।
प्रतियोगितामा आयोजक टिम सोमबारेसँगै, राजगढ एफसी, जलथल एफसी, सैैनिक एफसी, चन्द्रगढी एफसी, बुट्टाबारी एफसी, बिर्तामोड युनाइटेड, शनिश्चरे एफसी, अर्जुनधारा एफसी, कनकाई स्पोर्टिङ क्लब, शिवसताक्षी एफसी र घैलाडुब्बा एफसीको सहभागिता रहने आयोजकले जनाएको छ ।
प्रतियोगिताको विजेता टोलीले नगद ५१ हजार र उपविजेता टोलीले नगद २५ हजार ५ सयसहित ट्रफी प्रदान गरिने आयोजक क्लबका सचिव माधव खरेलले जानकारी दिए । यसैगरी, विधागततर्फ पनि नगद पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।
- जेठ २४ देखि बिर्तामोड च्यालेन्ज कप, विजेताले १ लाख ११ हजार पाउने
- झिलझिले भेट्रान्सलाई चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको उपाधि
- घरेलु मैदान दुधे रङ्गशालामा आयोजक दुधे भेट्रान्सको दबदबा
- प्रवीन विश्वकर्माको ह्याट्रिक मद्दतमा झिलझिले क्लब, झापामा जारी चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको उपाधि नजिक
- प्रविन विश्वकर्माको ह्याट्रिक मद्दतमा झिलझिले चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको अन्तिम चारमा