News न्यु कम्बाईन, नामटार, न्यु डाँफे र मल्टिभिजनको जित
बिक्रम बानियाँ क्षेत्री

हेटौडा । मकवानपुर जिल्ला लिग फुटबल प्रतियोगिता अन्तर्गत न्यु कम्बाईन एफसी, नामटार एफसी, न्यु डाँफे क्लब र मल्टिभिजन एफसीले आ–आफ्नो खेलहरुमा जित हात पारेका छन् ।

सिमलटार खेलमैदानमा भएको खेलतर्फ न्यु कम्बाईनले सानो पोखरालाई तथा नामटारले सात नम्बर फुटबल टिमलाई समान १–० को अन्तरले पराजित गर्यो ।

त्यस्तै गौरीटार खेलमैदानमा भएको पहिलो खेलमा न्यु डाँफेले पिप्ले युवा क्लबलाई ३–२ ले हरायो भने मल्टिभिजनले हटिया स्पोर्टसलाई ४–० ले पराजित गर्दै महत्वपूर्ण तीन अंक जोड्न सफल भयो ।

मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा जारी लिग विजेताले उपाधिसहित नगद १ लाख हात पार्नेछ भने उपविजेताले ५० हजार प्राप्त गर्नेछ । कुल २८ टोलीहरुको सहभागिता रहेको लिगको समापन असोज ९ गतेका दिन हुनेछ ।

Post Comments