News एकतर्फी जित निकाल्दै पूर्वाञ्चल युनाइटेड सेमिफाइनलमा
गोलनेपाल

सुकचर । सहज जित निकाल्दै पूर्वाञ्चल युनाइटेड फुटबल क्लब, सुन्दरहरैचा यहाँ जारी चौथो बुढिगंगा सुकचर च्यालेञ्ज कप खुला नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

दोस्रो क्वाटरफाइनलतर्फ पूर्वाञ्चलले राजाबास फुटबल क्लब, राजाबासलाई शून्यका विरुद्ध ५ गोलको अन्तरले हराउँदै अन्तिम चारमास्थान पक्का गरेको हो ।

पूर्वाञ्चलको जितमा बबिन बोहराले दुई गोल गर्दा पुजन चौधरी, रोमन कार्की र योगेनकार्कीले समान एक–एक गोल गरे । खेलमा पूर्वाञ्चलका लागि दुई गोल गरेका बबिन बोहरा म्यान अफ द म्याच चुनिए ।

प्रतियोगिता अन्तर्गत असोज १ गते मंगलबारको तेस्रो क्वाटरफाइनल खेल एपिएफ पकली, सुनसरी र आयोजक नव युवा क्लब, सुकचर बीच हुने आयोजकले जानकारी दियो ।

नव युवा क्लब, बुढिगंगा–६, सुकचरको आयोजना तथा बुढिगंगा गाउँपालिका, मोरङ र बुढिगंगा गाउँपालिका वार्ड नम्बर ६ को कार्यालयको संयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख १ हजार हात पार्नेछ भने उपविजेताले ५१ हजार प्राप्त गर्नेछ । फाइनल खेल असोज ५ गतेका दिन हुनेछ ।

Post Comments