काठमाडौं । चाइनिज ताइपेईमा जारी एएफसी यु–२० एसियन कप छनौटतर्फ नेपालले समूह चरणको आफ्नो तेस्रो खेलमा दोस्रो हार बेहोरेको छ । छनौट प्रतियोगिता अन्तर्गत समूह बी मा रहेको नेपालले बुधबार बलियो उज्वेकिस्तानसँग ६–० को हार बेहोरेको हो ।
खेलको शुरुवातबाटै दश खेलाडीमा खुम्चिन पुगेको नेपाल त्यसपछि खेलमा फर्कन सकेन । खेलको २०औं मिनटमा बक्सभित्र सबिन घिमिरेले ह्याण्डबल गर्दा उनले सोझै रातो कार्ड खाएका थिए भने उज्वेकिस्तानले पेनाल्टीको अवसर पाएको थियो । यद्यपि नेपालका कप्तान तथा गोलरक्षक जियारथ शेखले उज्वेकिस्तानको त्यो प्रहार सुन्दर रुपमा जोगाएका थिए ।
तर पनि नेपाल खेल अवधिभर दबाबमा रहन पुग्यो । उज्वेकिस्तानले पहिलो हाफमा तीन र दोस्रो हाफमा थप तीन गोल गर्दै निरीह नेपालमाथि सहज जित दर्ता गर्यो । यो हारसँगै नेपालको समूह चरणबाटै चुनौति लगभग समाप्त भएको छ । समूह चरण अन्तर्गतको आफ्नो अन्तिम खेलमा नेपालले शुक्रबार अर्को बलियो टोली बहराईनको सामना गर्नेछ ।
- अनन्त र एरिकको टोली फोर्टिस एएफसी च्यालेञ्ज लिगको समूह चरणका लागि छनौट
- फिफाद्वारा एन्फा अनिश्चितकालका लागि निलम्बित
- जापान तेस्रोपटक एएफसी महिला एसियन कपको च्याम्पियन
- महिला एसियन कपः चीन र दक्षिण कोरिया पनि सेमिफाइनलमा
- एएफसी महिला एसियन कपः आयोजक अष्ट्रेलिया सेमिफाइनल पुग्ने पहिलो टोली, विश्वकपका लागि पनि छनौट