News फुलबारी गाईज स्व. खगी गुरुङसेनी स्मृति ३६औं झरना कपको क्वाटरफाइनलमा
सुरज राना मगर

कुञ्जलापुर । फुलबारी गाईज, बुटवल यहाँ जारी स्व. खगी गुरुङसेनी स्मृति ३६औं झरना कप खुला नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गर्ने अन्तिम टोली बनेको छ ।

बुधबार भएको आठौं तथा अन्तिम प्रिक्वाटरफाइनलमा फुलबारीले भैरव स्पोर्टस क्लब, नवलपरासीलाई ३–० ले हराउँदै क्वाटरफाइनलमा आफ्नो स्थान पक्का गरेको हो ।

फुलबारीको जितमा फागुराम थारुले दुई गोल गर्दा अजित गुरुङले थप एक गोल गरे । खेलमा दुई गोल गरेका फुलबारीका फागुराम म्यान अफ द म्याच समेत चुनिए ।

प्रतियोगिता अन्तर्गत असोज १० गते बिहीबारको पहिलो क्वाटरफाइनल खेल लिस्नु युवा क्लब, कोटिहवा र न्यु सिर्जना युवा क्लब, करौजिया बीच हुने खेल संयोजक विजय पुनले जानकारी दिए ।

स्व. खगी गुरुङसेनीको स्मृतिको उनको श्रीमान तथा वरिष्ठ समाजसेवी क्याप्टेन नरजंग गुरुङले प्रायोजन गरेको प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३ लाख ३१ हजार हात पार्नेछ भने उपविजेताले १ लाख ८१ हजार प्राप्त गर्नेछ । फाइनल खेल यही असोज १७ गतेका दिन हुनेछ ।

Post Comments