News दोलखामा भिमेश्वर कप कार्तिक पहिलो सातादेखि
गोलनेपाल

भिमेश्वर । एक्टिभ ब्वाईज क्लब, भिमेश्वर नगरपालिका–९, खरिढुंगाको आयोजनामा आउँदो कार्तिक ४ गतेदेखि भिमेश्व्र कप नाईन ए साईड खुला नकआउट फुटबल प्रतियोगिता हुने भएको छ ।

खरिढुंगा खेलमैदानमा हुने प्रतियोगिताको कार्तिक १ गतेसम्म टिमदर्ता पनि खुला गरिएको छ । साथै टिमदर्ता शुल्क ५५०० तोकिएको पनि आयोजकले जानकारी दियो ।

भिमेश्वर नगरपालिका वडा नम्बर ९ को कार्यालय मुख्य प्रायोजक रहेको प्रतियोगिताको विजेताले उपाधिसहित नगद १,११,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ५५,५५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।

त्यस्तै व्यक्तिगत विधातर्फ उत्कृष्ट हुने खेलाडीहरुलाई जनही ५ हजार र ट्रफी प्रदान गरिने आयोजकले जानकारी दियो । त्यस्तै प्रत्येक खेलको म्यान अफ द म्याचलाई पनि नगद १ हजार र ट्रफीको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

Post Comments
Advertisement Yamaha Nepal