News राईजिङ कपको खेलतालिका सार्वजनिक
गोलनेपाल

झापा । राईजिङ फुटबल क्लब, झापा गाउँपालिका–१, झापाको आयोजनामा हुन गईरहेको राईजिङ कप नकआउट फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ । आयोजकले प्रतियोगिताको खेलतालिका पनि सार्वजनिक गरेको छ ।

उद्घाटन खेलमा आयोजक राईजिङ एफसी र सुकेडाँगी एफसी भिड्ने छन् । त्यस्तै दोस्रो खेलमा नवकिरण स्र्पोटिङ क्लब र चुलाचुली भिड्ने छन् । कुल १२ टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल असोज २३ गतेका दिन हुनेछ ।

विजेता तथा उपविजेता टोलीका साथ साथै विधागततर्फ उत्कृष्ट हुने खेलाडीहरुलाई पनि उचित पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

 

Post Comments