काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीको प्रशिक्षकीय जिम्मेवारीका लागि अनुभवी मानिएका पोर्चुगिज प्रशिक्षक आरलेसियो मानुएल पायर्स कोएल्होले पनि आवेदन दिएका छन् । न्युजअफनेपालमा प्रकाशित खबर अनुसार ४८ वर्षिय आरलेसियो नेपाली टोलीको प्रशिक्षक बन्न इच्छुक देखिएका हुन् ।
युइएफए प्रो लाइसेन्स प्रशिक्षक समेत रहेका आरलेसियोले आफ्नो व्यवसायिक करियरमा पोर्चुगल, फ्रान्स, ग्रीस, साउदी अरेबिया जस्ता देशहरुमा त्यहाँका व्यवसायीक क्लबहरुको प्रशिक्षक तथा प्राविधिक निर्देशकका रुपमा काम गरिसकेको अनुभव पनि छ ।
यद्यपि उनले राष्ट्रिय टोलीको प्रशिक्षकीय जिम्मेवारी भने अहिलेसम्म ननिभएको बताइएको छ । उनले नेपाली टोलीको जिम्मेवारी सम्हाल्न पाए, नेपाली फुटबलको स्तरलाई अर्को उचाईंमा लैजान सक्ने विश्वस व्यक्त गरेका छन् ।
आरलेसियो बाहेक अष्ट्रेलियाका इयान एन्ड्रयु गिलानले पनि नेपाली राष्ट्रिय फुटबल टोलीको प्रशिक्षक बन्न आवेदन दिएका छन् । गिलान पनि युइएफए प्रो लाइसेन्स प्रशिक्षक हुन् । उनीसँग अष्टेलिया, स्क्टल्याण्डका साथै एसियाली फुटबलमा काम गरेको अनुभव पनि छ । उनलाई गत सिजन नेपाल सुपर लिग क्लब ललितपुर सिटीले मुख्य प्रशिक्षकमा अनुवन्ध समेत गरेको थियो । साथै उनले ललितपुरलाई लिग उपाधि समेत जिताएका थिए ।
- फ्रेण्डस क्लबका पूर्व अध्यक्ष राणाको निधन
- साफ महिला च्याम्पियनसिपका लागि ३५ खेलाडीहरु बन्द प्रशिक्षणमा बोलाइए
- सरकारको योजनाः सातै प्रदेशमा रंगशाला, खेल प्रशासनमा राजनैतिक नियुक्ति खारेज (पत्रसहित)
- विवादबीच प्रक्रिया पूरा गर्दै राष्ट्रिय टोली लाओस प्रस्थान (पत्रसहित)
- नेपाली राष्ट्रिय पुरुष फुटबल टोली लाओस प्रस्थान