News फेरि भारतलाई साफ यु–१७ च्याम्पियनसिपको उपाधि
गोलनेपाल

काठमाडौं । भुटानमा सम्पन्न साफ यु–१७ च्याम्पियनसिपको उपाधि डिफेन्डिङ च्याम्पियन भारतले नै जितेको छ । सोमबार भएको फाइनलमा भारतले बंगलादेशलाई हराउँदै उपाधि रक्षा गर्न सफल भएको हो ।

थिम्पु स्थित चाङलिमिथाङ नेशनल स्टेडियममा भएको उपाधि भिडन्तमा भारतले बंगलादेशमाथि २–० को जित निकाल्दै च्याम्पियन बन्यो । भारतले समूह चरणमा पनि बंगलादेशलाई १–० ले हराएको थियो भने गत संस्करणको फाइनलमा पनि भारतले बंगलादेशल नै हराएको थियो ।

त्यस्तै यस संस्करणको फाइनल यात्रा तय गर्ने क्रममा सेमिफाइनलमा भारतले नेपाललाई पराजित गरेको थियो भने बंगलादेशले पाकिस्तानलाई हराउँदै फाइनल स्थान पक्का गरेको थियो ।

Post Comments