News
बाल खेलाडीद्वय दिवस र प्रियान्सको पनि सम्मानका साथ अन्त्येष्टी
काठमाडौं । मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा शनिबार आएको बाढीमा परि निधन भएका एन्फा एकेडेमीका बाल खेलाडीद्वय मकवानपुरका दिवस बानियाँ र धादिङका प्रियान्स आचार्यको पनि पशुपतिमा अन्त्येष्टी गरिएको छ ।
सो अवसरमा खेलकुदमन्त्री तेजुलाल चौधरीले नेपालको राष्ट्रिय झण्डा तथा अखिल नेपाल फुटबल संघ (एन्फा) का केन्द्रिय पंकज विक्रम नेम्वाङले एन्फाको झण्डा ओढाई सम्मानका साथ श्रद्धाञ्जली अर्पण गरेका थिए ।
स्मरण रहोस, मकवानपुरको सिस्नेरी नजिक वत्सलादेवी माविमा प्रशिक्षणरत रहेका ४० मध्ये ६ बाल खेलाडीहरु बाढीमा परि वेपत्ता भएका थिए । पछि उनीहरुको खोजी गर्दा ६ जना बाल खेलाडीहरु कै शव भेटिएको थियो ।
Post Comments
Related News
- आशिष राईको उपचारबारे एन्फा भन्छ, “पूर्ण जिम्मेवार छौं”
- रोदनसहित राष्ट्रिय खेलाडी आशिष राईको सहयोग अपिल
- एन्फामा खेलाडी कै नेतृत्व प्राथमिकतामा, राजनैतिक भर्ती केन्द्र बन्न नदिनेः खेलकुद मन्त्री पोखरेल
- एन्फाका पूर्व अध्यक्ष शेर्पा हाजिरी जमानीमा रिहा
- नेपालले महत्वपूर्ण अन्तर्राष्ट्रिय प्रतियोगिता गुमाउन सक्ने (पत्रसहित)