News साफ यु–१७ च्याम्पियनसिपको फाइनलमा नेपालका सहायक फिफा रेफ्री हरिष
गोलनेपाल

काठमाडौं । भुटानमा सोमबार सम्पन्न साफ यु–१७ च्याम्पियनसिपतर्फ भलै नेपाल सेमिफाइनलबाटै बाहिरिए तापनि प्रतियोगिताको फाइनलमा नेपालको उपस्थिति भने कायम रहेको थियो ।

भारत र बंगलादेश बीचको उपाधि भिडन्तमा नेपालले खेलाडीका रुपमा नभई निर्णायकका रुपमा फाइनल खेलाइरहेको थियो । अर्थात् भारत र बंगलादेश बीच भएको उक्त खेलमा नेपालका फिफा रेफ्री हरिष कार्की सहायक रेफ्रीमा थिए ।

त्यासो खेलको मुख्य रेफ्रीमा श्रीलंकाका सशंन्का मधुसन्का थिए भने अर्को सहायक रेफ्रीमा माल्दिभ्सका अब्दुला शाथिर थिए । त्यस्तै फोर्थ अफिसियलमा पनि माल्दिभ्स कै जाहिर हुसेन थिए ।

फाइनलमा साविक विजेता भारतले बंगलादेशलाई २–० ले हराउँदै उपाधि रक्षा गरेको थियो । प्रतियोगिताभरि कुल ४ गोल गरेका नेपालका सुजन डंगोलले सर्वाधिक गोलकर्ताको पुरस्कार वापत गोल्डेन बुट पनि हात पारेका थिए ।

Post Comments