News दोस्रो जहरसिंह पौवा कप शुरु, बिवाइसी र हिमानीको विजयी शुरुवात
गोलनेपाल

काठमाडौं । मंगलबारदेखि शुरु भएको दोस्रो जहरसिंह पौवा कप खुला नकआउट फुटबल प्रतियोगितामा बिवाइसी र हिमानी एफसीले विजयी शुरुवात गरेका छन् ।

प्रतियोगिताको पहिलो दिन बिवाइसीले चापाकोटलाई शून्यका विरुद्ध २ गोलले हरायो । बिवाइसीको जितमा अनिल खड्का र सुजन श्रेष्ठले गोल गरे । खेलमा बिवाइसी कै अनिल खड्का म्यान अफ द म्याच चुनिए ।

त्यस्तै दोस्रो खेलमा हिमानीले चिबाल युथ क्लबलाई शून्यका विरुद्ध १ गोलको साँघुरो अन्तरले हरायो । हिमानकिो जितमा प्रकाश गुरुङले पेनाल्टी मार्फत एक मात्र निर्णायक गोल गरे । खेलमा निर्णायक गोल गरेका हिमानीका प्रकाश गुरुङ नै म्यान अफ द म्याच चुनिए ।

त्यसअघि प्रतियोगिताको उद्घाटन कार्यक्रमका प्रमुख अतिथीद्वय शंखरापुर नगरपालिकाका नगर प्रमुख रमेश नापित र उपप्रमुख समिता श्रेष्ठले संयुक्त रुपमा गरेका थिए ।

जहरसिंह पौवा युथ क्लबको आयोजनामा शुरु प्रतियोगिताको विजेताले उपाधिसहित नगद २,२२,२२२ रुपैयाँ हात पार्नेछ भने उपविजेताले १,११,१११ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै तेस्रो स्थान हासिल गर्ने टोलीले पनि नगद ५५,५५५ रुपैयाँ प्राप्त गर्ने आयोजकले जानकारी दियो । फाइनल खेल यही असोज २३ गतेका दिन हुनेछ । 

Post Comments