News
कुरिनटार कपः फाइनलमा मोनस्टर र ब्वाईज युनियन भिड्ने

कुरिनटार । यहाँ जारी प्रथम कुरिनटार कप २०८१ नकआउट फुटबल प्रतियोगिताको फाइनलमा मोनस्टर फेमली, आँबुखैरेनी र ब्वाईज यूनियन, फिस्लिङ उपाधिका लागि भिड्ने भएका छन् ।
मंगलबार भएको सेमिफाइनल भिडन्ततर्फ मोनस्टर फेमलीले आयोजक के ब्वाईज क्लब, कुरिनटारलाई ३–० र ब्वाईज यूनियन, फिस्लिङले कुरिनटारलाई २–० ले हराउँदै फाइनलमा एक–आपस बीचको उपाधि भिडन्त पक्का गरेका हुन् ।
फाइनल खेल असोज १६ गते बुधबार हुने आयोजकले जानकारी दियो । प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख ११ हजार १०१ रुपैयाँ हात पार्नेछ भने उपविजेताले नगद रु ५५ हजार ५०१ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ ।
Post Comments