
दुधपोखरी । ‘युवा देशको मेरुदण्ड, खेलकुद एक समाज विकास’ भन्ने नाराका साथ बेत्यानी युवा क्लब, दुधपोखरी गाउँपालिका–६, गौडा बेन्यानी, लमजुङको आयोजनामा यही असोज १८ गतेदेखि १९औं पिठ बजार कप खुला सेभेन ए साईड फुटबल प्रतियोगिता हुने भएको छ ।
दुधपोखरी–६, गौडा बेन्यानी स्थित स्थानीय खेलमैदानमा हुने प्रतियोगिताको टिमदर्ता पनि खुला गरिएको छ । साथै टिमदर्ता शुल्क ९००० र डिपोजिट वापत तप १००० बुझाउनु पर्ने पनि आयोजकले जानकारी दियो ।
प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख २५ हजार हात पार्नेछ भने उपविजेताले ६५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजक क्लबका अध्यक्ष महेन्द्र गुरुङले जानकारी दिए । त्यस्तै विधागततर्फ पनि नगदसहित उचित पुरस्कारको व्यवस्था गरिएको अध्यक्ष गुरुङले बताए ।
त्यसैगरी सोही अनुसार भेट्रान फुटबल प्रतियोगिता र छेलो प्रतियोगिताको पनि आयोजना गरिने आयोजकले जनाएको छ । छेलोतर्फ प्रथम हुनेले नगद ५ हजारसहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने दोस्रो हुनेले ३ हजारसहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।