News त्रिवेणीलाई रोक्दै झापा एफसी सेमिफाइनलमा
रमेश समदर्शी

शनिश्चरे । झापाको अर्जुनधारा १ सिस्नेस्थित सहिद टेकमान रंगशालामा जारी फुटबल प्रतियोगितामा झापा एफसी राजगढ सेमिफाइनलमा प्रवेश गरेको छ ।

डासाब युवा क्लबले आयोजना गरेको प्रतियोगिताको आज भएको पहिलो क्वाटरफाइनल खेलमा स्थानीय त्रिवेणी युवा एफसीलाई २-० गोलले पराजित गर्दै झापा एफसी सेमिफाइनल प्रवेश गर्ने पहिलो टोली बनेको छ ।

झापा एफसीका लागि कप्तान राजेश तामाङको फ्रिकिक गोल सम्झनलायक रह्यो । यस्तै, दोस्रो गोल झापा एफसीकै आयुश श्रेष्ठले गरेका थिए । कप्तान राजेश प्लेयर अफ दी म्याच बन्दै नगद १५०० पाउन सफल भए ।

Post Comments