News चौथो मालिकादेवी कप कार्तिक पहिलो सातादेखि
गोलनेपाल

चौतारा साँगाचोकगढी । आउँदै गरेको बिजयादशमी, शुभदिपावली र छठ पर्वको अवसर पारी मेलचौर युवा जागरण समाज, चौतारा साँगाचोकगढी ( ७, सिन्धुपाल्चोकको आयोजनामा कार्तिक ५ गतेदेखि चौथो मालिकादेवी कप खुला सेभेन ए साईड फुटबल प्रतियोगिता हुने भएको छ ।

मेलचौर दरबारडाँडा खेलमैदानमा हुने प्रतियोगिताको कार्तिक ३ गतेसम्म टिमदर्ता पनि खुला गरिएको छ । साथै टिमदर्ता शुल्क ५००० तोकिएको पनि आयोजकले जानकारी दियो ।

प्रतियोगिताको विजेताले उपाधिसहित नगद १,५५,५५५ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ७७,७७७ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै विधागततर्फ उत्कृष्ट हुने खेलाडीहरुलाई पनि उचित पुरस्कारको व्यवस्था गरिएको आयोजकले जानकारी दियो ।

थप जानकारीको लागि सम्पर्क नम्बरहरु : सबिन दंगाल (9849767868), खिलबहादुर दंगाल (9845298479), विकास आचार्य (9813303030) निकेश दंगाल (9861602699)

Post Comments