News
केरखालाई टाइब्रेकरमा रोक्दै सैनिक सेमिफाइनलमा
शनिश्चरे । झापाको अर्जुनधारा १ सिस्नेस्थित सहिद टेकमान रंगशालामा जारी फुटबल प्रतियोगितामा बिर्तामोड १० को सैनिक ११ सेमिफाइनलमा प्रवेश गरेको छ ।
स्पर्धी मुजुरभिट्टा युवा क्लब केरखाको चुनौती समाप्त बनाउन सैनिकले टाइब्रेकरको सामना गर्नु परेको थियो । सैनिक टाइब्रेकरमा ४-२ गोलअन्तरमा जित निकाल्दै अन्तिम चारमा प्रवेश गरेको छ ।
निर्धारित समयमा दुवै टोलीले १-१ गोलको बराबरी खेलेका थिए । सुरुवाती गोल सैनिकका विकेश लिम्बूले गरे पनि केही मिनेट बित्न नपाउँदै केरखाका अंकित लिम्बूले गोल गरेर बराबरीमा ल्याएका थिए ।
तर, टाइब्रेकरमा केरखाका गोलरक्षक युवराज तामाङले एक प्रहार रोक्न सफल भए पनि सैनिकका गोलरक्षक समिर लिम्बूले २ गोल रोकेका थिए । उनी प्लेयर अफ दी म्याच बन्दै नगद १ हजार ५ सय प्राप्त गरे ।
डासाब युवा क्लबले आयोजना गरेको प्रतियोगितामा शुक्रबार तेस्रो क्वाटरफाइनल शनिश्चरे एफसी र बाहुनडाँगी एफसीबीच खेल संयोजक बेनुकुमार राईले जानकारी दिए । २३ गते हुने फाइनल खेलको विजेताले नगद ५० हजार र आकर्षक ट्रफी पाउने छ ।
Post Comments
Related News
- जेठ २४ देखि बिर्तामोड च्यालेन्ज कप, विजेताले १ लाख ११ हजार पाउने
- झिलझिले भेट्रान्सलाई चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको उपाधि
- घरेलु मैदान दुधे रङ्गशालामा आयोजक दुधे भेट्रान्सको दबदबा
- प्रवीन विश्वकर्माको ह्याट्रिक मद्दतमा झिलझिले क्लब, झापामा जारी चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको उपाधि नजिक
- प्रविन विश्वकर्माको ह्याट्रिक मद्दतमा झिलझिले चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको अन्तिम चारमा