News
राष्ट्रिय खेलाडी सुवास गुरुङ पनि विदेशिए
काठमाडौं । नेपालका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी साथै चर्च ब्वाईज युनाइटेडलाइै गत सिजन ए डिभिजन लिग उपाधि जिताउन महत्वपूर्ण भूमिका खेलेका सुवास गुरुङ पनि सुन्दर भविष्यको खाका कोर्दै अष्ट्रेलियालाई गन्तव्य बनाएर बिदेशिएका छन् ।
वालिङ, स्याङ्जा स्थायी घर भई लामो समयदेखि नेपाली फुटबलमा सक्रिय सुवासले चर्च ब्वाईज युनाइटेड बाहेक, घरेलु टोली वालिङ युनाइटेडसँगै संकटा क्लब, मनाङ मस्र्याङ्दी क्लब जस्ता चर्चित क्लबहरुबाट व्यवसायीक फुटबल पनि खेले ।
केही समय नेपालको राष्ट्रिय टोलीबाट समेत खेलेका सुवासले अन्य खेलाडीसरह नेपालमा फुटबल मै आफ्नो भविष्य नदेखिएपछि विदेशलाई नै अन्तिम गन्तव्य बनाएका छन् ।
Post Comments
Related News
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न
- खेलकुदलाई चार अर्ब बढीको बजेट
- एक्स्ट्रिम इनर्जी ड्रिंक्सको “स्क्यान मा सुन” अभियान सार्वजनिक
- ‘थ्री अन थ्री फुटबल क्लिनिक एन्ड च्याम्पियनसिप हुँदै