News नव किरण अन्तिम चारमा प्रवेश
गोलनेपाल

झापा । साँघुरो अन्तरको जितका साथ नव किरण स्र्पोटिङ क्लब यहाँ जारी राइजिङ कप खुला नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

क्वाटरफाइनलमा डागीबारी फुटबल क्लबलाई १–० ले हराउँदै नव किरण अन्तिम चारमा प्रवेश गरेको हो । खेलमा नव किरणका रमेश क्षेत्री म्यान अफ दि म्याच घोषित भए ।

प्रतियोगिता अन्तर्गत असोज १९ गतेको पहिलो सेमिफाइनल खेल सुकेडागी फुटबल क्लब र गेरबाबा फुटबल क्लब बीच हुने आयोजकले जानकारी दियो ।

राईजिङ एफसी, झापा गाउँपालिका–१, झापाको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५५,५५५ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ३३,३३३ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जानकारी दियो । फाइनल खेल यही असोज २३ गतेका दिन हुनेछ ।

Post Comments