News
नव किरण अन्तिम चारमा प्रवेश
झापा । साँघुरो अन्तरको जितका साथ नव किरण स्र्पोटिङ क्लब यहाँ जारी राइजिङ कप खुला नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
क्वाटरफाइनलमा डागीबारी फुटबल क्लबलाई १–० ले हराउँदै नव किरण अन्तिम चारमा प्रवेश गरेको हो । खेलमा नव किरणका रमेश क्षेत्री म्यान अफ दि म्याच घोषित भए ।
प्रतियोगिता अन्तर्गत असोज १९ गतेको पहिलो सेमिफाइनल खेल सुकेडागी फुटबल क्लब र गेरबाबा फुटबल क्लब बीच हुने आयोजकले जानकारी दियो ।
राईजिङ एफसी, झापा गाउँपालिका–१, झापाको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५५,५५५ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ३३,३३३ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जानकारी दियो । फाइनल खेल यही असोज २३ गतेका दिन हुनेछ ।
Post Comments
Related News
- जेठ २४ देखि बिर्तामोड च्यालेन्ज कप, विजेताले १ लाख ११ हजार पाउने
- झिलझिले भेट्रान्सलाई चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको उपाधि
- घरेलु मैदान दुधे रङ्गशालामा आयोजक दुधे भेट्रान्सको दबदबा
- प्रवीन विश्वकर्माको ह्याट्रिक मद्दतमा झिलझिले क्लब, झापामा जारी चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको उपाधि नजिक
- प्रविन विश्वकर्माको ह्याट्रिक मद्दतमा झिलझिले चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको अन्तिम चारमा